असोज १८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका ८ घर पहिरोको जोखिममा परेका छन् । शनिबार विहानै देखी परेको अविरल वर्षातले तिङ्ला स्थीत लोकुचौरमा भएको शुख्खा पहिरो पानी परेपछि बग्न थाल्दा त्यस आसपासका ८ घर पहिरोको जोखिममा परेका हुन् । स्थानीय हर्क बहादुर कार्कीका अनुसार पहिरोको जोखिम भएपछि तिङला च्यानेका ४ घर र लोकुचौरका ४ वटा घर गरि ८ घर पहिरोको जोखिममा परेका हुन् । ति मध्ये च्यानेका २ वटा घरका परिवारलाई अन्यत्र अस्थायी बसोबासका लागी सारिएको भएपनि अन्य २ घर विकल्प विहिन भएर जोखिममै बस्न बाध्य छन् । यता लोकुचौरका ४ घर पनि सोही किसिमको जोखिममा बसिरहेको उहााँके भनाई छ । यस अघि शुख्खा पहिरो गएको थाहा पाएपछि स्थानीइ सरकार, प्रशासन र संघिय सरकारका मन्त्री सम्मले अनुगमन गरेको भएपनि व्यवस्थापनमा ढिलाई गरेपछि उनिहरु विपदमा पनि जोखिम मोलेर सोही घरमा बस्न बाध्य भएको स्थानीय कार्कीको भनाई छ ।
Discussion about this post