असोज १८, सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुले विपदमा उद्दार तथा प्रतिकार्यमा खटिन कार्यकर्ताहरुलाई तयार रहन आह्वान गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी ३ दिन सम्म भारि वर्षात हुने भनेपछि काङ्ग्रेस सोलुखुम्बुले त्यो अवस्थामा हुन सक्ने स्म्भावित विपदको उद्दार तथा जोखिम न्यूनीकरणमा सकृयताका साथ खट्न भनेको हो । सभापति नाम्गेल जाङबु शेर्पाले एक अपिल जारी गर्दै आम नागरिकलाई घरबाट बाहिर ननिस्कन र सम्भावित जोखिम भए त्यसको प्रतिकार्यका लागी सम्बन्धीत निकायसँग सम्पर्क गर्न पनि भन्नु भएको छ । अपिल माफृत उहाँले घर नजिकका नदि तथा खोलाहरुमा सतर्कता तह पार गरेको अवस्थामा नदि छेउछाउ नवस्न पनि भन्नु भएको छ । आम कार्यकर्तालाई जनताको साथमा रहँदै विपदको सम्भावित घटनाहरुमा उद्दारमा खटिन पनि आग्रह गर्नुभएको छ ।
Discussion about this post