असोज १८, सोलुखुम्बु । शनिबार विहानै देखी अविरल वर्षात सुरु भएपछि सोलुखुम्बुबाट बाहिरिने सवारी ठप्प बनेका छन् । मुसलधारे वर्षात हुन थालेपछि जिल्लाबाट बाहिरिने सवारी साधनलाई होल्ड गरिएका हो । मौसम पुर्वानुमान महाशाखाले आगामी ३ दिन भारी वर्षात हुने भनेर पूर्वानुमान गरेपछि सम्भावित विपदलाई ध्यानमा राख्दै सावरी साधनलाई होल्ड गरिएको ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । यता काठमाण्डौबाट सोलुखुम्बु लगायत देशभरका लागी हिँडेका गाडीहरूलाई समेत काठमाण्डौमै होल्ड गरेर राखिएको छ । बिहानै हिँडेका गाडीहरूलाई भने सुरक्षित स्थानमा रोकेर राखिएको जानकारी आएको छ । वर्षातको समयमा बाढी, पहिरो र दुर्घटनाको जोखिमलाई हेरेर जनधनको क्षति नहोस् भन्नाका लागी सवारी साधनहरू बाटोमै रोक्नुपरेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सूचना जारी गर्दै अत्यावश्यक बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ भने आगामी ३ दिन जिल्ला बाहिर जानुपर्ने लामो दूरी यात्रा नगर्न पनि भनेको छ ।
Discussion about this post