असोज १८, सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका स्थीत लोबुचे क्षेत्रमा भारि हिमपात भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार पछिल्लो समय सकृय भएको मनसुनका कारण सोलुखुम्बुको हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको र हाल सम्म लोवुचे क्षेत्रमा हिमपात भएको पुष्टि भएको हो । ससाना हिमाली बस्ती रहेको लवुचेमा भारि हिमपात भएको भन्ने जानकारी आएपछि त्यसतर्फ प्रहरी परिचालन हुन खोजिरहेको भएपनि मौसमका कारण त्यहाँ पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो । प्रहरीले जानकारी लिने कोशीस गरिरहेको छ ।
Discussion about this post