जेठ २२, सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाका ४ सय नागरिक सहज खानेपानीको पहुँचमा पुग्ने भएका छन् । गाउँपालिकाको वडा नम्बर ६ र ७ साविकको वाकु गाविसमा रहेको खानेपानीको समस्यालाई मध्येनजर गर्दै गाउँपालिकाले बहुबर्षीय योजना अनुुसार नागरिकहरुलाई खानेपानीको पहुँचमा पु¥याउने भएको हो ।
गाउँपालिकाले ठानेखोला राष्ट्रिय योजनाबाट प्राप्त १ करोड १० लाख रुपैया र गाउँपालिकाको १० लाख रुपैँयामा निर्मित ठानेखोला राष्ट्रिय योजनालाई पूर्णता दिएको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्विकिरण राईले जानकारी दिनुभयो । पालिकाको ७ वटै वडामा स्वच्छ पिउने पानी पु¥याउने उद्धेश्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
हाल सम्म ठानेखोला खानेपानी आयोजनाको काम ५० प्रतिशत सम्पन्न हुनका साथै काम समेत तिव्र गतिमा भइरहेको माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो । पालिकाले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा खानेपानिलाई प्राथमिकतामा राखेको उपाध्यक्ष राईको भनाई छ ।
Discussion about this post