असोज १९, सोलुखुम्बु । गत वर्ष असोज ११ र १२ मा आएको आरीघोप्टे वर्षातको झल्को दिने गरि यस वर्ष २ दिन लगातार परेको पानीले कोशी प्रदेशमा ठुलो क्षति गराएको छ । यस पटकको अधिक वर्षातका कारण कोशी प्रदेशमा मात्रै ४७ जनाको ज्यान गएको छ । अन्य प्रदेशको तुलनामा कोशी प्रदेशमा बढी पानी पर्दा इलाममा मात्रै ३८ जनाको ज्यान गएको छ भने अझै ७ जना बेपत्ता रहेको जनाइएको छ । यस्तै बाढी पहिरोमा परेर उदयपुरमा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन् । यता खोटाङमा १ जनाको खोलाले बगाउँदा ज्यान गएको भने ३ जना चट्याङ बाट घाइते छन् । कोशी प्रदेश प्रहरीका अनुसार भोजपुरका २ जना चट्याङबाट घाइते भएका छन भने पाँचथरमा ६ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको छ । कोशी प्रदेशमा मात्रै ४७ जनाको ज्यान गइसकेको छ भने १९ भन्दा बढी घाइते भएको जनाइएको छ । यस्तै सडक सञ्जालबाट विच्छेद हुन परेको छ भने बाढी पहिरो कारण कोशी प्रदेशका बिभिन्न जिल्लामा विद्युत तथा सञ्चार अवरुद्ध बनेको छ । खोटाङ जिल्लाको ७० प्रतिशत विद्युत अवरुद्ध छ भने सोलुखुम्बुमा पनि अवस्था उस्तै छ । विद्युत अवरोध भएका कारण टेलिफोन र नेटमा समस्या आइरहेको नागरिकको गुनासो छ ।
Discussion about this post