Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ८ करोड ५० लाखको क्षति, कोशी प्रदेशभर २ अर्ब ६ करोडको पूर्वाधार ध्वस्त

Radio Everest by Radio Everest
October 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २३, सोलुखुम्बु । असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको भीषण बाढी–पहिरोले सोलुखुम्बुसहित कोशी प्रदेशभरि सार्वजनिक पूर्वाधारमा २ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। सोलुखुम्बु जिल्लामात्रै सडक तथा पुल लगायतका संरचनामा ८ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रदेश सरकारको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

तथ्याङ्क अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका आयोजना मात्रै १ अर्ब ९८ करोड बराबरको क्षति भएको छ भने ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालय अन्तर्गतका ८ करोड रुपैयाँ बढीको आयोजनामा क्षति पुगेको छ । भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईका अनुसार पूर्वाधार विकास कार्यालय इलाम अन्तर्गत मात्रै सडक बगाउँदा १९ करोड बराबर क्षति भएको अनुमान छ । यस्तै झापामा १ करोड ५० लाख बराबरको क्षति भएको छ ।

सबैभन्दा बढी इलामका सडक पुलमात्रै ३८ करोड ५० लाख बराबरको क्षति भएको छ । सङ्खुवासभामा सडक, सडक पुल र भवन गरेर २ करोड ६५ लाख, तेह्रथुममा २ करोड ४० लाख, उदयपुरमा १५ लाख, खोटाङमा ४५ लाख, ग्रामीण सडक सुधार परियोजना (आरसिआइपी) अन्तर्गत ८० लाख ५० हजार, ताप्लेजुङमा ४ करोड ७५ लाख, पाँचथरमा सडक मात्रै ३२ करोड र सडक पुल १० करोड बराबरको क्षति भएको छ ।

यस्तै ओखलढुंगामा सडक तथा सडक पुल गरेर ११ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको आकलन छ । सोलुखुम्बुमा ८ करोड ५० लाख, मोरङमा ५ करोड २० लाख, भोजपुरमा ४४ लाख र धनकुटामा २ करोड ५ लाख गरी सडक तथा सडक पुल गरेर १ अर्ब ९८ करोड ७० लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ । हालसम्म ७३ वटा सडकमध्ये ४४ वटा सडक अवरुद्ध भएको र २९ वटामा आंशिक क्षति भएको जनाइएको छ । यस्तै २३ वटा सडकपूलमध्ये १२ वटा पूर्ण क्षति भएको र ११ वटामा आंशिक क्षति भएको छ । २९ वटा झोलुङ्गे पुलमध्ये २० वटा पूर्ण रूपमा क्षतिग्रस्त बनेको मन्त्रालयले जनाएको छ ।

९ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ भने ३ वटा भवनमा आंशिक क्षति पुगेको जनाइएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वान्तवाले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलाम अन्तर्गत ३ करोड ७६ लाख बराबरको खानेपानी र सिँचाइ आयोजनामा क्षति पुगेको छ । यस्तै कन्काई सिँचाइ व्यवस्थापन कार्यालय झापामा १ करोड ४५ लाख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरमा २ करोड ८१ लाख १० हजार बराबरको भौतिक क्षति भएको जनाइएको छ । सो मन्त्रालयका अनुसार ९९ वटा विभिन्न खानेपानीका र सिंचाईका आयोजनाहरूमा क्षति भएको छ ।

Previous Post

भूमि आयोग र सबै जिल्ला समिति खारेज

Next Post

थुलुङ दुधकोसी देउसामा भलिबल प्रतियागिता सुरु, सहइन्चार्ज राईको प्रमुख आतिथ्यता

Related Posts

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
0
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
0
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
0
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

Discussion about this post

Everest Highlights

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

August 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly