Saturday, October 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ८ करोड ५० लाखको क्षति, कोशी प्रदेशभर २ अर्ब ६ करोडको पूर्वाधार ध्वस्त

Radio Everest by Radio Everest
October 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २३, सोलुखुम्बु । असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको भीषण बाढी–पहिरोले सोलुखुम्बुसहित कोशी प्रदेशभरि सार्वजनिक पूर्वाधारमा २ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। सोलुखुम्बु जिल्लामात्रै सडक तथा पुल लगायतका संरचनामा ८ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रदेश सरकारको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

तथ्याङ्क अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका आयोजना मात्रै १ अर्ब ९८ करोड बराबरको क्षति भएको छ भने ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालय अन्तर्गतका ८ करोड रुपैयाँ बढीको आयोजनामा क्षति पुगेको छ । भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईका अनुसार पूर्वाधार विकास कार्यालय इलाम अन्तर्गत मात्रै सडक बगाउँदा १९ करोड बराबर क्षति भएको अनुमान छ । यस्तै झापामा १ करोड ५० लाख बराबरको क्षति भएको छ ।

सबैभन्दा बढी इलामका सडक पुलमात्रै ३८ करोड ५० लाख बराबरको क्षति भएको छ । सङ्खुवासभामा सडक, सडक पुल र भवन गरेर २ करोड ६५ लाख, तेह्रथुममा २ करोड ४० लाख, उदयपुरमा १५ लाख, खोटाङमा ४५ लाख, ग्रामीण सडक सुधार परियोजना (आरसिआइपी) अन्तर्गत ८० लाख ५० हजार, ताप्लेजुङमा ४ करोड ७५ लाख, पाँचथरमा सडक मात्रै ३२ करोड र सडक पुल १० करोड बराबरको क्षति भएको छ ।

यस्तै ओखलढुंगामा सडक तथा सडक पुल गरेर ११ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको आकलन छ । सोलुखुम्बुमा ८ करोड ५० लाख, मोरङमा ५ करोड २० लाख, भोजपुरमा ४४ लाख र धनकुटामा २ करोड ५ लाख गरी सडक तथा सडक पुल गरेर १ अर्ब ९८ करोड ७० लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ । हालसम्म ७३ वटा सडकमध्ये ४४ वटा सडक अवरुद्ध भएको र २९ वटामा आंशिक क्षति भएको जनाइएको छ । यस्तै २३ वटा सडकपूलमध्ये १२ वटा पूर्ण क्षति भएको र ११ वटामा आंशिक क्षति भएको छ । २९ वटा झोलुङ्गे पुलमध्ये २० वटा पूर्ण रूपमा क्षतिग्रस्त बनेको मन्त्रालयले जनाएको छ ।

९ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ भने ३ वटा भवनमा आंशिक क्षति पुगेको जनाइएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वान्तवाले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलाम अन्तर्गत ३ करोड ७६ लाख बराबरको खानेपानी र सिँचाइ आयोजनामा क्षति पुगेको छ । यस्तै कन्काई सिँचाइ व्यवस्थापन कार्यालय झापामा १ करोड ४५ लाख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरमा २ करोड ८१ लाख १० हजार बराबरको भौतिक क्षति भएको जनाइएको छ । सो मन्त्रालयका अनुसार ९९ वटा विभिन्न खानेपानीका र सिंचाईका आयोजनाहरूमा क्षति भएको छ ।

Previous Post

भूमि आयोग र सबै जिल्ला समिति खारेज

Next Post

थुलुङ दुधकोसी देउसामा भलिबल प्रतियागिता सुरु, सहइन्चार्ज राईको प्रमुख आतिथ्यता

Related Posts

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
0
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
0
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
0
मौसममा क्रमिक सुधार आउने

Discussion about this post

Everest Highlights

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly