असोज २६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका भित्र रहेको नुम्बुर हिमाल आरोहणका लागी खुल्ला भएको छ । यसअघि सम्म आरोहणका लागी आरोहणका लागी बन्द रहेको हिमाल नेपाल सरकारसँग स्थानीय सरकारले गरेको पहल पछि खुल्ला गरिएको हो । प्रसिद्ध धार्मिक तथा पर्यटकीय कुण्ड दूधकुण्डको सिरमा रहेको नुम्बुर हिमाल आरोहणका लागी खुल्ला भएसँगै त्यहाँ आरोहणका लागी टाली समेत पुगिसकेको छ ।
६ हजार ९ सय ५७ मिटर अग्लो हिमाल आरोहणका लागी गत आर्थिक वर्ष २०८१\८२ मा नै पर्यटन विभागले खुल्ला गरिसकेको छ । सोलुदुधकुण्ड नगरपालिकाको प्रत्यक्ष क्षेत्राधिकार भित्र पर्ने र रामेछाप जिल्लासँग समेत सिमाना जोडिएको हिमाल नुम्बुरको आरोहणका लागी खुल्ला भएकोले पोल्याण्ड, अष्ट्रेलिया सहित केही देशका आरोही सम्मीलित आरोहण टोली आरोहणका लागी त्यहाँ पुगिसकेको बताइएको छ । उक्त टोलीले खाटाङ हिमाल र नुम्बुर हिमाल दुवैको आरोहण गर्ने छ ।
खाटाङ हिमाल यस अघि पनि आरोहण भइसकेको तर नुम्बुर हिमाल भने हाल सम्म आरोहण नभएकाले टोली अहिले प्राविधिक चेकजाँच सहितको काममा रहेको पनि जनाइएको छ । हिमाल आरोहण आफैँमा जोखिमपूर्ण काम भएकाले हतारो नगरी चढ्न सुझाव दिएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताउनुभयो । हिमाल आरोहण खुल्ला भएसँगै नगरपालिकाले पर्यटनको क्षेत्रमा अर्को फड्को मारेको मेयर शेर्पाले जिकिर गर्नुभयो । नगरपालिकाको अनुरोध र आवश्यकता महसुस गरि नुम्बुर आरोहणका लागी खुल्ला गरिएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो । दूधकुण्डको सिरमा भएकाले नुम्बुर हिमाल आरोहणका लागी हाल सम्म खुल्ला गरिएको थिएन ।
Discussion about this post