Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

Radio Everest by Radio Everest
October 9, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २३, सोलुखुम्बु । सोलुखुम्बुमा हुलाक सेवामार्फत पठाइएका चिठी तथा सामग्रीको अवस्थाबारे सेवाग्राहीलाई जानकारी दिने पिआइटिएस प्रणाली विस्तार गरिनुका साथै अन्तरमावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी १५२औँ विश्व हुलाक दिवस मनाइएको छ । विश्व हुलाक दिवसको अवसरमा शुक्रबार जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले महाकुलुङ गाउँपालिकामा पिआइटिएस प्रणाली स्थापना गरेको हो ।

यसै अवसरमा सोताङ र महाकुलुङका माध्यमिक विद्यालयका विद्यार्थी सहभागी गराई जिल्लामै पहिलोपटक हुलाक सेवाअन्तर्गत अन्तरमावि स्तरीय हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिएको कार्यालयले जनाएको छ ।जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका निमित्त हुलाक अधिकृत शोभा नेपालका अनुसार महाकुलुङ गाउँपालिकाको केन्द्र बुङस्थित सगरमाथा माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा पाँचवटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सगरमाथा माध्यमिक विद्यालय प्रथम, सोताङ माध्यमिक विद्यालय द्वितीय र वीरेन्द्र ज्योति माध्यमिक विद्यालय तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको निमित्त हुलाक अधिकृत नेपालले जानकारी दिनुभयो । हुलाक सेवालाई परम्परागत चिठीपत्र आदानप्रदानमा मात्र सीमित नराखी प्रविधिमैत्री तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यले पिआइटिएस प्रणाली विस्तार गरिएको कार्यालयले जनाएको छ ।

यस प्रणालीमार्फत सेवाग्राहीले हुलाकबाट पठाएका चिठी तथा सामग्री कहाँ पुगेका छन् भन्ने जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन् । कार्यालयका अनुसार सोलुदूधकुण्ड नगरपालिका, महाकुलुङ, माप्य दूधकोशी र थुलुङ दूधकोशी गाउँपालिकामा प्रणाली सञ्चालनमा ल्याइसकिएको छ । जिल्लाका अन्य स्थानीय तहमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।

यसैगरी, विश्व हुलाक दिवसको अवसरमा कार्यालयले उत्कृष्ट कर्मचारी तथा हुलाक सेवा बढी उपयोग गर्ने सेवाग्राहीलाई सम्मान गरेको छ । महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Previous Post

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

Related Posts

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
0
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
0
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
0
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly