असोज २७, सोलुखुम्बु । सोलुखुम्बूको नेचासल्यान गाउँपालिका वडा नम्बर ४, सिरानदेलका याम बहादुर राई बेपत्ता भएका छन् । ५३ वर्षीय राई शनिबार बिहान १० बजे घरबाट निस्किएको र त्यस यता अहिलेसम्म परिवार तथा आफन्तजनसँग कुनै सम्पर्कमा नरहेको परिवारले जानकारी दिएको छ ।
राई घरबाट निस्केपछि अहिलेसम्म कोही कसैले देखेको वा भेटेको जानकारी नआएको हुँदा परिवारजन चिन्तित भएका छन्। । उनका आफन्तहरुले कुनै स्थानमा देख्नु वा भेट्नु भएमा तत्काल सम्पर्क गरिदिन सबैमा अनुरोध गरेका छन् । राईको खोजी कार्यमा स्थानीयवासी, आफन्त तथा सुरक्षा निकायले समेत सहयोग गरिरहेको छ ।
Discussion about this post