कार्तिक १, सोलुखुम्बु । नेपाल लाइफ इन्स्युरेन्स कम्पनी शाखा सोलुखुम्बुका एजेन्सी मेनेजर ल्हाक्पा छिरिङ विक सन २०२६ को मिलियन डलर राउन्ड टेबल बन्न सफल भएका छन् । यस अघि समेत यो पदकबाट विभुसित भइसकेका विक दोश्रोपटक समेत एमडिआरटी बनेका हुन । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा रहेर बिमा सेवा प्रदान गर्दै एमडिआरटी बन्न सफल भएको जिकिर गरेका छन् ।
जिल्लामा रहेर विमा क्षत्रको व्यवसायीक धर्मलाई उत्कृष्टताका साथ प्रतिबद्ध बनेर काम गरेबापत दोश्रो पटक आफूलाई कम्पनीले मल्याङ्कन गरेको उहाँको भनाई छ । उहाँले आफूले एमडिआरटी सदस्य बन्न्का लागी कम्पनीले तोकेका सबै मापदण्ड पुरा गर्दै उच्च गुणस्तरीय सेवा प्रवाह गरि व्यवसायीक धर्म र नैतिकता कायम राखेर सदस्य बनेको उल्लेख गर्नुभयो । उनेले आफू बिमा क्षेत्रकै लागी जन्मिएको महसुस गरि हाल सम्म जिल्लाको दुर्गमता र चुनौतिपूर्ण बजारको सामना गर्दै समुदायमा विमाको महत्व र सचेतना फैलाउँदै काम गरेको बताए ।
उनले भने “यो सफलता मेरो मात्र होइन, प्रबन्धक प्रकाश बाबू कार्की, ग्राहक र कम्पनीप्रतिको विश्वासको परिणाम हो। सोलुखुम्बुका प्रत्येक नागरिकमा बीमाको चेतना फैलाउने मेरो यात्रामा यो उपलब्धिले अझ ऊर्जा थपेको छ।” नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सोलुखुम्बु शाखा प्रबन्धक प्रकाश बाबू कार्की र सहकर्मीहरूले पनि घिमिरेको यो उपलब्धिलाई गर्वको रूपमा लिँदै बधाई दिएका छन् । उनको यो सफलताले देशभरका बीमा अभिकर्ताहरूलाई आफ्नो लक्ष्य प्रति दृढ रहँदै निरन्तर प्रयास गर्न प्रेरणा दिएको छ ।
Discussion about this post