कार्तिक ९, सोलुखुम्बु । चाडपर्व तिहारलाई लक्षित गर्दै सोलुखुम्बुको सदरमुकाम सल्लेरी र आसपासका क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । नेपाली सेना दुर्गा बक्स गण, सुरक्षा गुल्म सल्लेरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्त रुपमा दिनरात नियमित गस्ती संचालन गर्दै आएका छन् ।
चाडपर्वका समयमा हुन सक्ने अवाञ्छित घटना नियन्त्रण गर्न र जनताको सुरक्षालाई प्राथमिकता दिँदै कार्तिक ३ गते देखि नै संयुक्त सुरक्षा टोली सक्रिय रहेको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच घनिष्ठ समन्वय गरी सल्लेरी बजार तथा आसपासका क्षेत्रहरुमा नियमित गस्ती भइरहेको जनाइएको छ । गस्ती टोलीले राति अबेरसम्म बजार क्षेत्र तथा भीडभाड हुने स्थानहरूमा चेकजाँच र निगरानी गर्दै आएको छ ।
सुरक्षा निकायहरूको सक्रियताका कारण यस वर्षको तिहार शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । स्थानीयवासीहरूले पनि सुरक्षा निकायप्रति धन्यवाद व्यक्त गर्दै यस वर्ष चाडपर्व शान्त र उल्लासपूर्ण ढङ्गले मनाउन पाएको प्रतिक्रिया दिएका छन् ।











Discussion about this post