कार्तिक ११, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा व्यवसाय सञ्चालन गर्दै आएका संजय प्रसाद कल्वारको परिवारले यस वर्ष सोलुमै विधिवत् रूपमा छठ पर्व मनाएका छन् । आफ्नो मुख्य धार्मिक पर्वका रूपमा रहेका कल्वार परिवारले सल्लेरीस्थित सोलुखोलाको किनारमा पारम्परिक विधिअनुसार पूजा–अर्चना गरी पर्व सम्पन्न गरेका हुन् ।
सञ्जय प्रसाद कल्वारका अनुसार छठ पर्व उनीहरूको मुख्य चाड भएकाले स–परिवार सोलुखुम्बुमै रहँदै श्रद्धा र भक्ति भावपूर्वक मनाइएको हो । उनले जहाँ भए पनि आफ्ना धर्म, संस्कृति र परम्परालाई जोगाउने प्रयास गरको बताएका छन् । छठ पर्व सूर्यदेवको आराधना र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा मनाइन्छ । यस अवसरमा भक्तजनहरूले व्रत बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् ।











Discussion about this post