कार्तिक ११, सोलुखुम्बु । अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको ११ जनाको एक र दुई जनाको अर्को समूह सम्पर्कमा नरहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले जानकारी दिनुभयो । पर्यटकहरू सम्पर्कविहीन भएपछि खोजी कार्यका लागि टोली परिचालन गरिएको छ ।
सेना, प्रहरी र शशस्त्र प्रहरीसहितको ११ जनाको टोली परिचालन भएका पालिका अध्यक्ष पुनले बताउनुभयो । हिमपहिरो लगायतका कुनै पनि घना रेकर्ड नगरिएकाले उनीहरू टेलिफोन सम्पर्क नभएको ठाउँमा सकुशल रहेको हुनसक्ने अपेक्षा गरिएको छ। हिमपातपछि गएराति १२ बजेसम्म यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका अन्य पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको छ।











Discussion about this post