कार्तिक १५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–२, ठुलोढुङ्गामा नव निर्मित व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवनको उद्घाटन गरिएको छ । ग्रीन हिमालय संस्थानको साझेदारी र अष्ट्रियाका एन्टन लाटरको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बुद्धि किरण राई र विशेष अतिथि उपाध्यक्ष गौरवको उपस्थितिमा भवनको उद्घाटन सम्पन्न गरिएको थियो । भवन निर्माणले स्थानीय समुदायबीच आपसी सहयोग, सांस्कृतिक संरक्षण र सामाजिक गतिविधिहरू सञ्चालनमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ । स्थानीयवासीहरूले सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै भवनको प्रभावकारी उपयोगका लागि प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा ग्रीन हिमालय संस्थानका अध्यक्ष अमृत राई, आर्थिक सहयोगदाता अष्ट्रियाका एन्टन लाटर, साथै अन्य विदेशी पाहुनाहरू, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।










Discussion about this post