कार्तिक १६, सोलुखुम्बु । मौसममा आजदेखि थप सुधार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै मौसम क्रमिक सुधार हुँदै गएकोमा आज थप सुधार हुनेछ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । आज केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा आज पनि सामान्य वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । पहाडी भागमा मौसम बदली भए पनि बाँकी भागमा भने आज मौसम सफा रहने अनुमान छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।










Discussion about this post