कार्तिक १६, सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा फोहोर व्यवस्थापन केवल सरकारी जिम्मेवारी होइन, सामूहिक संस्कृतिको रूपमा विकसित हुँदैछ। नगरपालिकाले घरघरमै पुगेर फरक–फरक बारमा फरक प्रकारका फोहोर संकलन गर्ने अभियान अघि बढाएसँगै स्थानीयहरू पनि फोहोर छुट्याउने बानी आत्मसात गर्न थालेका छन्। नगरपालिकाले आइतबारदेखि शुक्रबारसम्म विभिन्न दिनमा कागज, प्लास्टिक, बोतल, कपडा लगायतका फोहोर छुट्याएर संकलन गर्ने व्यवस्था गरेको छ। यस प्रणालीले न केवल फोहोर व्यवस्थापनलाई सहज बनाएको छ, बरु पुनः प्रयोगयोग्य सामग्री पुनःउत्पादन उद्योगमा पठाउने बाटो पनि खुलेको छ। नगरपालिकाले यस अभियानलाई ‘सफा, हरियो र स्वस्थ सोलुदुधकुण्ड’ भन्ने नारासहित अघि बढाएको छ।











Discussion about this post