सोलुखुम्बु, कार्तिक १७ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ निवासी सुवास राई कार्तिक १५ गते दिउँसोदेखि बेपत्ता भएका छन् । परिवारका अनुसार राई दिउँसो करिब १ः३० बजे आफ्नै घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
परिवारले जानकारी गराए अनुसार राईको केही मानसिक सन्तुलन गुमेको अवस्था रहेको र खुट्टामा चोट पनि लागेको बताइएको छ । आफन्त र स्थानीयले खोजतलास गर्दा पनि हालसम्म राईको अवस्थाबारे कुनै जानकारी नपाइएको परिवारका सदस्यहरूले बताएका छन् । परिवारले उहाँलाई कतै देख्नुभयो वा भेट्नुभयो भने नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन सबैमा आग्रह गरेका छन् ।











Discussion about this post