कार्तिक १७, सोलुखुम्बु । डिभिजन वन कार्यालय भोजपुरका प्रमुख दानबहादुर श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ करोड रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार श्रेष्ठले पदमा रहँदा आर्जन गरेको सम्पत्तिमध्ये १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँको स्रोत नखुलेको पाइएको हो। आयोगले सो रकम बिगो मानी जरिवाना र सम्पत्ति जफतको मागदाबी गरेको छ। श्रेष्ठविरुद्ध डिभिजन वन कार्यालय इलाममा कार्यरत हुँदा उजुरी परेको थियो। छानबिनका क्रममा उनी सरकारी सेवामा २०४८ साल असार २६ गते प्रवेश गरी २०८० सालसम्म ३२ वर्ष सेवा गरेका थिए।
यो अवधिमा उनले दुई करोड १६ लाख ८५ हजार आर्जन र तीन करोड ६० लाख चार हजार खर्च गरेको देखिएको आयोगले जनाएको छ। श्रेष्ठले झुटो सम्पत्ति विवरण पेश गरेको अभियोगमा थप सजायको माग गरिएको छ।











Discussion about this post