कार्तिक २१, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नि : शुल्क पशुपक्षी खोप कार्यक्रम संचालन गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुको चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत शिविर संचालन गरिने भएको हो ।
पशु सेवा प्राविधिक दिनेश ढुंगानाका अनुसार उक्त खोप कार्यक्रम गाउँपालिकाका सबै वडामा क्रमिक रूपमा संचालन गरिनेछ । कार्यक्रमअनुसार कार्तिक २३ गतेदेखि २७ गतेसम्म वडा नम्बर २ र ४ मा, कार्तिक २८ गतेदेखि मंसिर ३ गतेसम्म वडा नम्बर १ र ५ मा, र मंसिर ४ गतेदेखि १२ गतेसम्म वडा नम्बर ३ मा खोप वितरण तथा सेवा शिविर सञ्चालन गरिनेछ ।
ढुंगानाका अनुसार यो कार्यक्रममार्फत गाउँपालिकाभरिका गाईभैंसीलाई खोरेत रोगबाट सुरक्षित राख्ने उद्देश्य राखिएको छ । यस अभियानले किसानलाई पशु रोगजन्य क्षति न्यूनीकरण र उत्पादन वृद्धिमा सहयोग र्पुयाउने विश्वास गरिएको छ ।











Discussion about this post