कार्तिक २४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित सगरमाथा आवि सिमखर्कका विद्यार्थीहरूले नयाँ ट्रयाकसुट पाएका छन् । ११२ थान ट्रयाकसुट कपडा शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पा र रोटरी क्लबका निवर्तमान अध्यक्ष देश बहादुर श्रेष्ठले विद्यालयमा पुगेर वितरण गर्नुभएको हो ।
नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले यसअघि पनि उक्त विद्यालयलाई सहयोग गरिएको स्मरण गर्दै, यसपटक पनि विद्यार्थीहरूको माग पूरा गर्न सहयोग गर्नु भएकोमा आभार व्यक्त गर्नुभयो ।
विद्यालयका विद्यार्थीहरूले नया ट्रयाकसुट प्राप्त गरिसकेपछि खुसी व्यक्त गरेका छन् भने स्थानीय समुदायले समेत यस सहयोगलाई प्रशंसा गरेका छन् । शेर्पा बालबालिका सहायता संघ र रोटरी क्लबको यो पहलले विद्यार्थीहरूको शैक्षिक गतिविधि र खेलकुदमा सहजता थप्ने विश्वास व्यक्त गरिएको छ ।










Discussion about this post