कार्तिक २५, सोलुखुम्बु । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण गर्नु भएको छ। भ्रमणका क्रममा उहाँले जिल्लाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्नुभएको हो।
जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्लाको शान्ति–सुरक्षाको अवस्था, प्रहरीप्रतिको अपेक्षा तथा नागरिकका जिज्ञासाहरूको सुनुवाइ गर्नुभएको थियो। उहाँले नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाई हातेमालो गर्दै अघि बढेमा शान्तिपूर्ण समाजको परिकल्पना साकार पार्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।
डीआईजी कार्कीले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन समुदायको सक्रिय साथ र सहयोग अपरिहार्य रहेको बताउँदै अपराध अनुसन्धान कार्यमा प्रहरीलाई सहयोग गर्न सबैमा आग्रह गर्नुभयो। उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन के.सी. लगायतका प्रहरी अधिकृतहरू सहभागी रहेका थिए।









Discussion about this post