मंसिर ४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ । प्रतियोगिता शुक्रबारबाट सञ्चालन हुने भएको छ । वडा अध्यक्ष महेन्द्रदीप राई अनुसार, भोलि कार्यक्रमको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रतियोगिताअन्तर्गत मंसिर ६ गते विशेष सांस्कृतिक साँझ आयोजना गरिने छ। यस कार्यक्रममा ख्यातिप्राप्त गायक प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड, ‘इन्द्रेणी’ कार्यक्रमका लोकप्रिय सञ्चालक तथा लोकगायक कृष्ण कँडेल, गायिका बबिना किराँती र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ ।
त्यस्तै, प्रतियोगितामा महिला तथा पुरुष भलिबल, टेबल टेनिस, व्याडमिन्टन, सांगीतिक साझ र वृहत कृषि मेला प्रदर्शनी समेत सञ्चालन हुने छ। प्रवक्ता कार्कीका अनुसार, सम्पूर्ण तयारी समयमै सम्पन्न भइसकेको छ । गाउँपालिकाले यस कार्यक्रममा स्थानीय समुदायको व्यापक सहभागिता रहने अपेक्षा गरेको छ।











Discussion about this post