मंसिर ५, सोलुखुम्ब् । खोटाङ जिल्लाकै पुरानो तथा प्रतिष्ठित शैक्षिक संस्था दिक्तेल बहुमुखी क्याम्पसमा आज खुल्ला कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धा र सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कविता प्रतियोगिता सम्पन्न भएके हो । कार्यक्रममा १३ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा ‘मेरा ४ कारण’ शीर्षक कविता वाचन गर्दै अनुशिल राई प्रथम घोषित भएका छन् । त्यस्तै ‘सञ्जाल’ शीर्षक कविता प्रस्तुत गरेका लमी शेर्पा दोस्रो तथा ‘यात्रा संघर्ष’ कविता लिएर प्रस्तुत भएकी भरोसा आचार्य तेस्रो स्थानमा रहिन् ।

निर्णायक एल. पी. घिमिरेका अनुसार तीनै विजेताले उत्कृष्ट प्रस्तुति दिएर प्रतिस्पर्धालाई जीवन्त बनाएको सहकर्मी अशोक राईले जानकारी दिनुभयो । कुल ७५ पूर्णाङ्कमध्ये क्रमशः ५६, ५५ र ४९ अंक प्राप्त गर्दै उनीहरूले शीर्ष स्थान सुरक्षित गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख कृष्ण बहादुर राईले विद्यार्थीको चौतर्फी विकासका लागि क्याम्पसले नियमित रूपमा सिर्जनात्मक कार्यक्रम अघि सार्दै आएको बताउनु भयो । विद्यार्थीहरूलाई आत्मविश्वास, नेतृत्व क्षमता र अभिव्यक्ति कौशल विकास गर्न क्याम्पसले साप्ताहिक रूपमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको राईले जानकारी दिनुभयो ।

दिक्तेल बहुमुखी क्याम्पसले कक्षा १२ देखि टियु अन्तर्गत बिए, बिइडी, बिबिएस, एमएड, एमइडी लगायतका स्नातक तथा स्नातकोत्तर तहका कक्षाहरू सञ्चालन गर्दै आएको छ ।











Discussion about this post