जेठ २४, सोलुखुम्बु । सोलुखुम्बुका सङ्घीय सांसद मानवीर राईले लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले लुक्ला विमानस्थल उच्च प्राथमिकताका साथ स्तरोन्नति गर्न सरकारसँग माग गर्नुभएको हो ।
उहाँले सगरमाथा घुम्न जाने पर्यटकहरूले यही विमानस्थलको प्रयोग गर्ने भन्दैे एकपटक आएका पर्यटक पुनः विमानस्थलमा नआउने गरेको उल्लेख गर्नुभयो । राईले पर्यटन विकासको मुख्य आधार नै सगरमाथा रहेको बताउदै यस विमानस्थलाई सगरमाथाको पहुँचमार्गको रूपमा लिएर स्तरोन्नति गर्नुपर्ने बताउनुभएको हो ।
सासंद राईले भन्नुभायो ‘संसारका पर्यटकहरु सगरमाथा घुम्न आउँछन् । तर एयरपोर्ट सानो छ ‘पर्यटन विकास हाम्रो मुलुकको आधार हो भने यसलाई प्राथमिकता दिनुपर्छ । उहाँले सरकारले कृषि क्षेत्र र जलविद्युतको क्षेत्रलाई पनि प्राथमिकता दिनुपर्ने औँल्याउनुभयो ।
Discussion about this post