मंसिर १२, सोलुखुम्बु ।
दिपेन्द्र खनाल । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन बन्ने भएको छ । जिल्ला सामन्य समिति सोलुखुम्बुको ६० प्रतिशत र सोलुदुधकुण्ड नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा वडा कार्यालय भवन निर्माण हुने भएको हो । पुरानो सामान्य वडा कार्यालय भवनबाट सेवा प्रवाह गरिरहेको कार्यालयको नयाँ, सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण हुने निश्चित भएको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो ।
२ करोड हाराहारीमा बन्ने गरि प्रशासनिक भवनको डिपिआरको काम अन्तिम चरणमा पुगेको उहाँको भनाई छ । यही हप्ता भित्र टेन्डर प्रकृया सम्पन्न गरेर काम सुरु गरिने अध्यक्ष शेर्पाले बताउनुभयो । प्रशासनिक भवनका लागी हाल भएको पुरानो वडा कार्यालय भवनबाट २ सय ५० मिटर अगाढी सल्लेरी नेले सडक खण्डको बिचमा बौद्ध स्तूपा अगाडिको जग्गा प्राप्त भएको छ ।
पर्यटन व्यवसायी स्थानीय तेन्जी शेर्पाले भवन निर्माणका लागी गत ८ गते १ रोपनी जग्गा उपलब्ध गराएपछि भवन निर्माण प्रकृया औपचारिक रुपमा अगाढी बढेको अध्यक्ष शेर्पाले बताउनुभयो । हाल पुरानो वडा कार्यालयबाट निकै कष्टकर ढंगले भइरहेको सेवा प्रवाहलाई भवन चाँडै सम्पन्न गरेर सुविधा सम्पन्न भवनबाट सेवा दिनेगरी काम अगाढी बढाइने अध्यक्ष शेर्पाको प्रतिबद्धता छ ।











Discussion about this post