मंसिर १२, सोलुखुम्बु
दिपेन्द्र खनाल । गरिब, अशाहाय र अशक्त बालबालिकालाई सेवा दिने हेतुले निर्माण गरिएको होस्टेल सञ्चालन गर्न अन्तिम समझदारी भएको छ । सोलुदुकुण्ड नगरपालिका वडा नम्बर ६ थातिङ मा निर्माण गरिएको निनो होस्टेल सञ्चालनका लागी सम्बन्धित पक्षसँग समन्वय गरिएको हो । सोलुदुधकुण्ड नगरपालिका र शेर्पा बालबालिका सहायता सङ्घको लागत साझेदारीमा निर्माण भएको होस्टेलको उद्घाटन गरि सञ्चालनमा ल्याउने गरि दातृ निकायसँग छलफल भएको जनाइएको छ । नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र शेर्पा बालबालिका सहायता सङ्घका अध्यक्ष निमा शेर्पाले दातृ निकायका अलियन लिनफन्टसँग भेटेर आगामी डिसेम्बरको ९ तारिकका दिन होस्टेल उद्घाटन गर्ने गरि निश्चित गर्नुभएको हो । जिल्लाका सबै स्थानीय तहका आर्थिक रुपमा विपन्न बालबालिकालाई निशुल्क आवासीय सुविधा दिएर उनीहरूको पठनपाठनमा सहयोग गर्ने हेतुले होस्टेल निर्माण गरिएको मेयर शेर्पाले बताउनुभयो ।










Discussion about this post