मंसिर १३ सोलुखुम्बु ।
दोर्जी तामाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले एक महिनामा एक लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले गत कार्तिक महिनामा विभिन्न सवारी कारबाहीबाट १ लाख १८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुका प्रहरी जवान नेत्र कुमार तामाङका अनुसार १ हजार १३ वटा सवारी साधनलाई चेक जाँच गर्दा ९३ वटा सवारी साधन कारबाहीमा परेका हुन् । जसमा ३ वटा ट्रकलाई कारबाही गर्दा ३ हजार रुपैयाँ, २ वटा बसबाट २ हजार, जिप र कार ७५ वटालाई कारबाही गर्दा ८९ हजार, ट्क्याटर १ वटाबाट ५ सय र मोटरसाइकल १६ वटाबाट २४ हजार रुपैयाँ गरी कुल १ लाख १८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ ।
कारबाहिमा पर्ने सवारी साधनहरुले मापसे, परियोजन, लाइसेन्स नभएको, क्षमता भन्दा बढि यात्रु र माल सामान बोक्ने, पटके इजाजतपत्र बिना चलाएको, तिव्र गतिमा चलाएको, लाइसेन्स साथमा नभएको जस्ता सवारी साधनलाई कारबाही गरिएको प्रहरी जवान तामाङको भनाई रहेको छ ।










Discussion about this post