मंसिर २५, सोलुखुम्बु । आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्न नेपाली काँग्रेस सोलुखुम्बुको बैठक शुरु भएको छ । केन्द्रको परिपत्र र मापदण्ड अनुसार उम्मेदवार सिफारिस गर्नका लागि जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा शुरु भएको बैठकमा उम्मेदवार छनौट र क्रियाशिल सदस्यता सम्बन्धि दुई वटा प्रस्ताव पेश भएका छन् । आजको बैठकमा छलफलका लागि प्रस्ताव पेश भएको र आगामि बैठक शनिबार बसेर अन्तिम निर्णय गर्ने सभापति शेर्पाले बताउनु भयो । बैठकमा दुवै पक्षलाई समेटेर अगाडी बढ्ने प्रयत्न भईरहेको सभापति शेर्पाको भनाई छ ।










Discussion about this post