मंसिर २८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ बोगलस्थित देउराली आधारभूत विद्यालयको तीन कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । आईतबार थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त भवनको शिलान्यास गर्नुभएको हो ।
विद्यालय भवन निर्माणका लागि वडा कार्यालयबाट ५ लाख रुपैयाँ र गाउँपालिकाबाट ९ लाख रुपैयाँ गरी कुल १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो रकमबाट तीन कोठे विद्यालय भवन निर्माण गरिने जनाइएको छ । पालिका प्रवक्ता तथा वडा अध्यक्ष भोजराज कार्कीले भवन निर्माणले शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रमकै अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थिहरूलाई स्टेशनरी सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । शिलान्यास कार्यक्रमकै अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थिहरूलाई स्टेशनरी सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उपस्थिती रहेको थियो ।










Discussion about this post