Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

Radio Everest by Radio Everest
December 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २८, सोलुखुम्बु ।    सहयोगी हातहरूको समूह (सहास) नेपालद्वारा सञ्चालित “गुणस्तरीय शिक्षाका लागि समुदाय परिचालन परियोजना” अन्तर्गत प्रारम्भिक बाल विकास (ECD) शिक्षकहरूका लागि “प्रारम्भिक सिकाइ तथा विकास मापदण्डहरू” विषयक ५ दिने तालिम कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका–४ स्थित सांग्रिला गेस्टहाउस हलमा सम्पन्न भएको छ।

“मर्यादित जीवनका लागि समतामूलक र न्यायिक समाज” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त तालिम कार्यक्रम २०८२ मंसिर २४ गतेदेखि २८ गतेसम्म (डिसेम्बर १०–१४, २०२५) सञ्चालन गरिएको थियो।

कार्यक्रमको सभापतित्व सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष युबास तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सामाजिक विकास संयोजक तथा सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा सहभागी हुनुभएको थियो।

तालिममा सहास नेपालका कार्यक्रम संयोजक चुडामणि पडाडी, सहास नेपालका कर्मचारी,  प्रशिक्षक रिता तामाङ  लगायत पत्रकारकाे सहभागिता थियाे ।

याे कार्यक्रम  सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाका  दुई ठाउँ गरेर  विभिन्न विद्यालयमा कार्यरत ५४ जना प्रारम्भिक बाल विकास (ECD) शिक्षकहरूको सहभागिता रहेको थियो। सोलुदुधकुण्ड नगरपालिकाबाट २६ जना र थुलुङ दूधकोशी गाउँपालिकाबाट २८ जना शिक्षक सहभागी भएका थिए।

तालिममार्फत बालमैत्री शिक्षण विधि, प्रारम्भिक सिकाइका राष्ट्रिय मापदण्ड, कक्षा व्यवस्थापन, सिर्जनात्मक सिकाइ तथा बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

सभापति युबास तामाङले ECD कक्षा नै विद्यार्थीहरूको शैक्षिक यात्राको पहिलो खुड्किलो भएकाले यस क्षेत्रमा गरिएको लगानी दीर्घकालीन रूपमा प्रभावकारी हुने बताउँदै कार्यक्रम निकै प्रभावकारी भएको प्रतिक्रिया दिनुभयो।

प्रमुख अतिथि सोनाम ग्याल्जेन शेर्पाले तालिममा सिकेका सीपहरू आफूमा मात्र सीमित नराखी अन्य शिक्षकहरूसँग समेत साझा गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

प्रशिक्षक रिता तामाङले तालिम मात्र पर्याप्त नहुने भन्दै यसको निरन्तर साथ, सहयोग र अनुगमन स्थानीय तह तथा सम्बन्धित निकायबाट हुनुपर्नेमा जोड दिनुभयो। साथै प्रारम्भिक बाल विकास कक्षा विद्यार्थीहरूको पहिलो सिकाइ आधार भएकाले यस क्षेत्रमा नेपाल सरकारको विशेष ध्यान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रम जर्मन कोअपरेसन (German Cooperation), चाइल्डएड नेटवर्क (ChildAid Network) तथा सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

यस प्रकारका तालिम कार्यक्रमहरूले स्थानीय तहमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Previous Post

काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

Next Post

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

Related Posts

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
0
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026
0
Next Post
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026
किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly