मंसिर २८, सोलुखुम्बु । आसन्न निर्वाचनमा उम्मेदवार छनौटको जारी काँग्रेस सोलुखुम्बुको जिल्ला कार्य समितिको आईतबारको बैठकमा दुवै समुहका नेताहरु सहभागी भएका छन् । पार्टी कार्यालय बसन्तबजारमा भएको बैठकमा केन्द्रिय सदस्य बलबहादुर केसी र अर्का केन्द्रिय सदस्य आङगेलु शेर्पा समुहका नेताहरु सहभागि भएका हुन् ।
जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्य सम्पादन समिति सदस्य बलबहादुर केसी, पार्टीका केन्द्रिय आङगेलु शेर्पा, पुर्व जिल्ला सभापति विनोद बस्नेत, छत्रध्वज बस्नेत लगायतको उपस्थिति थियो । बैठकलाई सम्बोधन गर्दै जिल्ला सभापति शेर्पाले आफ्नो नेतृत्वमा सोलुमा काँग्रेस भित्रको गुटको राजनिति अन्त्य भई सहमतिको राजनिति प्रारम्भ भएको घोषणा गर्नु भयो । सभापति शेर्पाले विगतमा निषेधको राजनितिले निराशाजन नतिजा दिएको भन्दै अब एक ढिक्का भएर पार्टीलाई अगाडी बढाउने धारणा राख्नु भयो ।
बैठकमा पुर्व जिल्ला सभापति विनोद बस्नेतले अब गाउँमा बसेर संगठन नगर्नेहरु काँग्रेस हुन नसक्ने भन्दै बैठकका लागि मात्रै सल्लेरी आउने अनि बैठक सक्ना साथ पत्तालेको फोटो हालेर फर्कनेहरुबाट काँग्रेसले ठूलो आशा राख्न नसक्ने विचार राख्नु भयो ।
यस अघि दुवै समुहका पदाधिकारी सम्लग्न बैठकले सहमतिका लागि गरेको ड्राफ्ट विज्ञप्तिको रुपमा जिल्ला सचिब युवराज घिमिरेले पेश गर्नु भएको थियो । सचिव घिमिरेले हिजो तिक्तता अब नरहेको भन्दै एक ढिक्का भएर अगाडी बढ्ने स्पष्ट पार्नु भयो । उम्मेदवार सिफारिसका लागि भोली ११ बजे बस्ने गरि आजको बैठक स्थगित गरिएको छ ।











Discussion about this post