मंसिर २८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२, जुनबेसीमा आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजना तथा कुशुदेबु पब्लिक हेल्थ मिसन नेपाल सह–आयोजक रहेको उक्त तालिम आइतबारदेखि सञ्चालनमा आएको हो ।
जुनबेसी सामुदायिक पुस्तकालयमा सुरु भएको तालिमबारे वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार तालिम सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ भित्र रहेका सम्पूर्ण विद्यालयलाई लक्षित गरी प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा केन्द्रित छ ।
तालिममार्फत विद्यालयमा हुने आकस्मिक दुर्घटना तथा स्वास्थ्यसम्बन्धी आपतकालीन अवस्थामा तत्काल प्राथमिक उपचार प्रदान गर्न शिक्षक तथा विद्यालय सम्बन्धित व्यक्तिहरूलाई सक्षम बनाउने उद्देश्य राखिएको छ । यसले विद्यार्थीहरूको सुरक्षामा थप सहयोग पुग्ने विश्वास लिइएको वडा कार्यालयले जनाएको छ ।











Discussion about this post