Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु मासुमा आत्मनिर्भर, उत्पादन र खपत दुवै बढ्दो

Radio Everest by Radio Everest
December 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, मंसिर २८, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला मासु उत्पादनमा आत्मनिर्भर बनेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका अनुसार खसी–बोका, राँगा, बंगुर लगायतका पशुजन्य उत्पादनमा जिल्ला आत्मनिर्भर अवस्थामा पुगेको हो ।

कार्यालयको तथ्यांक अनुसार जिल्लामा वार्षिक २ हजार ४ सय ५४ मेट्रिक टन मासु उत्पादन हुँदै आएको छ । पछिल्ला वर्षहरूमा मासुको खपत दैनिक रूपमा बढ्दै गएको व्यवसायीहरू बताउँछन् । सोलुखुम्बु उद्योग वाणिज्य संघले निर्धारण गरेको मूल्य अनुसार हाल जिल्लामा खसीको मासु प्रतिकेजी १ हजार १ सय रुपैयाँ, ब्रोइलर कुखुरा प्रतिकेजी ५ सय रुपैयाँ, प्यारेन्ट कुखुरा प्रतिकेजी ६ सय रुपैयाँ, राँगाको फलमासु प्रतिकेजी ५ सय ५५ रुपैयाँ र सुँगुरको मासु प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री भइरहेको उद्योग वाणिज्य संघ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका सूचना अधिकारी उदय नारायण यादवका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्र २ हजार ४ सय ५४ क्विन्टल मासु उत्पादन भएको बताउनुभयो । स्थानीय स्तरमा पनि पशुपालन व्यवसाय फस्टाउँदै गएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पुका इन्द्रकुमार श्रेष्ठले गत आइतबार मात्रै १० वटा खसी बिक्री गरेको बताउनुभयो ।

मंसिर महिना विवाहको सिजन भएकाले खसीको माग र बिक्री दुवै राम्रो हुने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार पहिले प्रतिधार्नी ५० रुपैयाँमा बिक्री हुने मासु अहिले प्रतिकेजी १ हजार १ सय रुपैयाँसम्म पुगेको छ । यस्तै माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ का कान्छा तामाङ रोजगारीका लागि दुई वर्ष ओमानमा काम गरेर फर्किएपछि खसी पालन तथा व्यापारमा लाग्नुभएको छ । करिब ६ वर्षदेखि यो व्यवसाय गर्दै आउनुभएका तामाङले विदेशमा दिन–रात खटिनुभन्दा नेपालमै खसी व्यापार गर्दा राम्रो आम्दानी हुने भएकाले यही पेशामा रमाएको बताउनुभयो ।

Previous Post

Gen-Z आन्दोलनसँगै संसदमा युवा प्रतिनिधित्वको माग : कांग्रेस सोलुखुम्बुका मोहन कृष्ण निरौलाले गरे यस्ताे सिफारिस

Next Post

जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

Related Posts

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
0
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
0
Next Post
जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

Discussion about this post

Everest Highlights

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly