मंसिर २८, साेलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुमा Gen-Z आन्दोलनबाट उठेका युवा पुस्ताका भावना र आकांक्षालाई संसदसम्म पुर्याउन सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसका युवा नेता मोहान कृष्ण निरौलालाई प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ सिफारिस गर्न माग गरिएको छ।
नेपाल विद्यार्थी संघ नेचासल्यान–२ सोलुखुम्बुका नेता निरौलाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुलाई सम्बोधन गर्दै बुझाएको सिफारिस पत्रमा, स्व. बीपी कोइरालासहित कांग्रेसले नेतृत्व गरेको परिवर्तनकारी आन्दोलन र त्यसमा Gen-Z पुस्ताको सक्रिय सहभागिताको स्मरण गरिएको छ।
पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, प्रविधि, उद्यमशीलता, सुशासन, पारदर्शिता र अवसरको समान पहुँच आजको युवा पुस्ताको प्रमुख सरोकार भएको उल्लेख गर्दै, यी विषयलाई प्रतिनिधि सभामार्फत सम्बोधन गर्न नयाँ सोच र ऊर्जायुक्त नेतृत्व आवश्यक रहेको जनाइएको छ।

मोहान कृष्ण निरौलाले आफू युवाको आवाज संसदसम्म पुर्याउने, स्थानीय समस्यालाई राष्ट्रिय नीतिसँग जोड्ने, रोजगारी सिर्जना, डिजिटल पहुँच विस्तार, भ्रष्टाचारविरुद्ध दृढ आवाज उठाउने र जनभावनालाई शासकीय प्रक्रियामा समेट्ने लक्ष्यसहित अघि बढ्न चाहेको उल्लेख गरेका छन्।
नेपाल विद्यार्थी संघमा करिब एक दशकदेखि सक्रिय रही संगठनात्मक अनुभव हासिल गरेको उल्लेख गर्दै, पार्टीको नीति, विधि र अनुशासनभित्र रहेर Gen-Z आन्दोलनको राजनीतिक प्रतिनिधित्व गर्ने जिम्मेवारी लिन आफू सक्षम रहेको दाबी पत्रमा गरिएको छ।
पत्रको अन्त्यमा नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, संगठन सुदृढीकरण र राजनीतिक शक्तिलाई मजबुत बनाउने अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउँदै, सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिदिन अनुरोध गरिएको छ।











Discussion about this post