मंसिर २९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ कांगेल निवासी तथा सामाजिक मेलमिलाप युवा समूहका सल्लाहकार समिति सदस्य एवंम आजीवन सदस्य खुबराज खत्रीको निधन भएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मंसिर १५ खत्रीको निधन भएको हो ।
मृतक खत्रिको निधनप्रति शोक व्यक्त गर्दै सामाजिक मेलमिलाप युवा समूहले आईतबार साँझ क्लबको खेलमैदानमा दीप प्रज्वलन, माल्यार्पण तथा संस्थाको झण्डा आधा झुकाइएको छ । दीप प्रज्वलन कार्यक्रममा संस्थाका उपाध्यक्ष, सदस्यहरू, शुभेच्छुकहरू, बुद्धिजीवी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
खत्री वैदेशिक रोजगारीका लागि गत फागुन महिनामा मलेसिया जानुभएको पारिवारिक स्रोतले जनाएको छ । खत्री यसअघि पनि करिब १० वर्षसम्म वैदेशिक रोजगारीमा संलग्न रहनुभएको थियो ।











Discussion about this post