मंसिर २९, सोलुखुम्बु । नेकपा एमालेको ११औं महाधिवेशनमा सोलुखुम्बुबाट दुई नेताले केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। पूर्व रक्षामन्त्री मानबीर राई र पूर्व कोशी प्रदेश मन्त्री बुद्धिकुमार राजभण्डारीले आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्। केन्द्रीय सदस्य समेत रहेका राई अध्यक्ष केपी ओलीको प्यानलबाट कोशी प्रदेशमा प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने छन्।
अर्कोतर्फ, प्रदेश सचिवालय सदस्य राजभण्डारी कुनै प्यानलमा नरहँदै स्वतन्त्र रूपमा केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्न लागेका छन्। महाधिवेशन प्रतिनिधि जगनाथ बास्तोलाले दुवै नेताको उम्मेदवारी दर्ता भइसकेको जानकारी दिएका छन्। भृकुटीमण्डपमा पुस १ गते हुने नेतृत्व चयनका लागि हुने निर्वाचनमा यसअघि नै उम्मेदवारहरूको भिडन्त सुरु भएको छ।











Discussion about this post