जेठ २५, सोलुखुम्बु । सोताङ गाउँपालिकामा सुचना प्रविधि सम्बन्धि शिक्षकहरुका लागि क्षमता विकास तालिम सुरु भएको छ । सोताङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको लागि सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम तथा आइ.इ.एम.आइएस सम्बन्धि तालिम सुरु भएको हो ।
विद्यालयका शिक्षकहरुलाई अनलाईन प्रविधिमा अब्बल बनाउने उदेश्यले तालिमको आयोजना गरिएको शिक्षा अधिकृत नन्दराज राईले जानकारी दिनुभयो । नेपाल सरकारको ससर्त कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको तालिम आउँदो २९ गते सम्म सञ्चालन गरिने भएको छ । पाचँ दिने तालिममा २५,२६ र २७ गते सुचना प्रविधि सम्बन्धि तालिम र २८ र २९ गते आइ.इ.एम.आइएसको तालिम दिईने जनाईएकोे छ ।
उक्त तालिममा पालिका भित्रका २० वटा सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ । तालिमको सहजिकरण गाउँपालिकाको सुचना अधिकृत अरुण बस्नेत र जनजागृति माध्यमिक विद्यालयका शिक्षक महा प्रसाद फुयालले गरिरहनुभएको छ ।
Discussion about this post