पौष २, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२, जुनबेसीमा आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा तथा कुशुदेबु पब्लिक हेल्थ मिसन नेपाल सह–आयोजक रहेको उक्त तालिम आइतबारदेखि सञ्चालन भई मंगलबार सम्पन्न भएको हो। जुनबेसीमा सञ्चालन गरिएको तालिमबारे जानकारी दिँदै वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ भित्र रहेका सम्पूर्ण विद्यालयलाई लक्षित गरी तालिम आयोजना गरिएको बताउनुभयो।
तालिममा विद्यालयमा हुने आकस्मिक दुर्घटना तथा स्वास्थ्यसम्बन्धी आपतकालीन अवस्थामा तत्काल प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो। तालिममार्फत शिक्षक तथा विद्यालयसँग सम्बन्धित व्यक्तिहरूलाई आकस्मिक अवस्थामा प्राथमिक उपचार प्रदान गर्न सक्षम बनाउने उद्देश्य राखिएको वडा कार्यालयले जनाएको छ। यस किसिमको तालिमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सुरक्षामा थप सहयोग पुग्ने विश्वास लिइएको छ।










Discussion about this post