पौष २, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको प्रशासनिक भवन निर्माणका लागि शिलान्यास कार्यक्रम आयोजना गरिएको छ । पौष ३ गते नाम्गेल जाङ्बु शेर्पाले उक्त भवनको शिलान्यास गर्ने कार्यक्रम तय भएको हो ।
क्याम्पस प्रमुख उद्धवकुमार शर्माका अनुसार क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले प्रशासनिक भवन निर्माण गर्न लागिएको हो । उक्त भवन सोलुदुधकुण्ड नगरपालिकाको अनुदान सहयोगमा निर्माण हुन लागेको क्याम्पस प्रशासनले जनाएको छ ।
नयाँ प्रशासनिक भवन निर्माणपछि क्याम्पसको सेवा प्रवाह सहज हुने, शैक्षिक प्रशासनलाई थप मजबुत बनाउने र विद्यार्थी तथा कर्मचारीलाई आवश्यक सुविधा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।स्थानीय जनप्रतिनिधि, क्याम्पस परिवार, विद्यार्थी तथा सरोकारवालाको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न गरिने क्याम्पसले जनाएको छ ।











Discussion about this post