पौष १०, सोलुखुम्बु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) खोटाङले समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरेको छ। महिलातर्फ उषाकला राई तथा आदिवासी जनजातितर्फ कर्णबहादुर घले र खगेन्द्र राईको नाम सिफारिस गरिएको हो।
एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यका अनुसार, पुस ८ गते सुरुमा एमाले खोटाङका अध्यक्ष देवविक्रम राईले सुरुमा प्रदेशसँगको छलफल, त्यसपछि जिल्लाका पदाधिकारीको बैठक र त्यसपछि फेरि जिल्लामा रहेका माथिल्लो कमिटीका नेताहरूसँग भर्चुअल बैठक गरेर नाम सिफारिस गरेको हो ।
त्यस्तै राप्रपा खोटाङले पनि उम्मेदवारको नाम टुंगा लगाएको छ । राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईका अनुसार प्रत्यक्षतर्फ गुणराज राजभण्डारी, सर्जु श्रेष्ठ र कृष्णकुमारी राईको नाम सिफारिस गरेको हो । त्यस्तै समानुपातिकतर्फ आदिवासी जनजाति महिलामा विजयकला राई, खस–आर्यमा शिवकुमार खत्री र दलितमा भरुमायाा विश्वकर्माको नाम सिफारिस गरेको राईले बताएका छन् ।










Discussion about this post