नेपाली कांग्रेस माप्य दूधकोशी गाउँपालिका ४ को सभापतिमा बिनोद राईलाई चयन गरिएको छ । ६ महिना देखि रिक्त रहेको वडा नम्बर ४ को सभापतिमा राई सर्वसहमत शुक्रबार नियुक्त गरिएको हो । दिक्पा राईले ६ महिना अघि पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेसँगै उक्त पद रिक्त रहेको थियो ।
शुक्रबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि बल बहादुर के.सीको प्रमुख आतिथ्यता तथा नेपाली काग्रेंस जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा लगायत जिल्लाका नेताहरुको उपस्थितिमा राईलाई सभापतिमा चयन गरिएकोे छ ।
Discussion about this post