उद्धव कुलुङ, सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा सवा २ करोडमा निर्माण भएको पुल उद्घाटन नहुँदै बाङ्गिएको छ । गाउँपालिकाको वडा नम्बर १ लाई ४ र ५ नम्बर वडा सँग जोड्ने हुँगा खोला माथि राखिएको पुल लोड टेस्टिङ गर्ने क्रममा बाङ्गिएको हो । शुक्रबार भारबहन क्षमता परिक्षण गर्ने क्रममा पुलको माथिल्लो भागको बार बाङ्गिएको हो ।
पुल बाङ्गिएपछि गाउँपालिका अध्यक्ष सूर्य कुलुङले यथाशीघ्र मर्मतका लागी निर्माण कम्पनीलाई निर्देशन दिएको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले बताउनुभयो । माछापुच्छ्रे निर्माण सेवाले गाउँपालिकाको भ्याट सहित २ करोड ३० लाखमा निर्माण गरेको बेलिब्रिज बाङ्गिएपछि महाकुलुङ सरकार गम्भीर बनेको अध्यक्ष राईले बताउनुभयो ।
पुल उद्घाटन भएको १३ महिना सम्मको जिम्बेवारी निर्माण कम्पनीकै रहने भएकाले यसको मर्मत या पुननिर्माणको जिम्मेवारी निर्माण कम्पनीकै रहने अध्यक्ष कुलुङले बताउनुभयो । यता पुल बाङ्गिएपछि स्थानीयले भने निर्माणको गुणस्तरीयतामा प्रश्न चिन्ह उठाएका छन । उनीहरूले सामाजिक सञ्जालमा उक्त पुलको साझा गर्दै खबरदारी गरेका हुन् ।
प्रकाशित मिति —२०८१।०२।२५
Discussion about this post