जेठ १५, साेलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा मौसमी विरामको संख्या बढ्न थालेको छ । मनसुन सुरु हुनै लाग्दा जिल्लामा पछिल्लो केही दिनयता यहाँका अस्पताल तथा स्वास्थ्य चौकीहरूमा मौसमी रुघाखोकी, ज्वरो जस्ता समस्या भएका बिरामीको संख्या बढ्न थालेको हो ।
जिल्ला सदरमुकाममा रहेको जिल्ला अस्पताल फाप्लुमा पछिल्लो केही समय यता रुघाखोकी, ज्वरो, झाडापखाला, टन्सिल जस्ता समस्या भएका बिरामीहरूको संख्या उच्च रहेको अस्पतालका डाक्टर प्रशान्त साहको भनाई छ । उहाँका अनुसार मौसम परिवर्तन र झरीका कारण यस्तो समस्या बढेको हो ।
अस्पतालमा दैनिक ७० देखी ८० बिरामीहरू चेकजाँचमा आउँदा ति मध्य ५० प्रतिशत बिरामी मौसमी भाइरल बिरामीहरू हुने गरेको उहाँको भनाई छ । यस्तै जिल्लाकै नेचासल्यान गाउँपालिका स्थित सल्यान प्राथमिक स्वास्थ्य केन्द्रमा पनि अहिले मौसमी भाइरल रोगका बिरामीहरू बढेको स्वास्थ्य केन्द्रले जनाएको छ । जिल्लाका अन्य स्वास्थ्य संस्थाहरु सोताङ, महाकुलुङ, लिखुपिके लगायतमा पनि समस्या यस्तै रहेको पालिका स्वास्थ्य संस्थाहरु बताउँछन ।
Discussion about this post