जेठ २५, सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कमिटीको अध्यक्षमा दिपक राजभण्डारी चयन हुनुभएको छ । शुक्रबार नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट राजभण्डारीको अध्यक्षतामा ४९ जना सदस्य सर्वसहमत चयन गरिएको हो । उपाध्यक्षमा मिंमार छिरी शेर्पा, सचिवमा दाडोमा शेर्पा, उपसचिवद्वयमा आंकामी शेर्पा र मिना थापा मगरलाई चयन गरिएको नेकपा एमाले जिल्ला पार्टीका सचिव कल्पाना राईले जानकारी दिनुभयो ।
अधिवेशनको पार्टीका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष डुफ कुमार बास्तोला लगायत सदस्यहरु प्रदेश कमिटी सदस्यहरु उत्तम कुमार बस्नेत, महेश किराँती, सुर्य कुमारी सुनुवारको उपस्थिति रहेको छ ।
Discussion about this post