पौष ११, सोलुखुम्बु । गृह मन्त्रालयले खोटाङ सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) सहित १३ कर्मचारीको सरुवा गरेको छ । गृह मन्त्रालयका अनुसार १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशक हेरफेर गरिएको हो । नुवाकोटका सीडीओ शशीधर घिमिरेलाई भने कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
भोजपुरमा सहसचिव राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना, दोलखामा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा रामकृष्ण अधिकारीलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा तथा पदस्थापन गरिएको छ ।
तनहुँमा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दीपकराज नेपाल, सल्यानमा महेन्द्रकुमार सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।











Discussion about this post