Wednesday, October 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु गार्माका वडा अध्यक्षको कार्यकक्षमै स्वास्थ्य क्लिनिक : नेपालमै पहिलो अभ्यास

Radio Everest by Radio Everest
December 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा वडा कार्यालय भवनमै गाउँघर स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ । आइतबार हिमालयन केयर फाउण्डेशन र वडा कार्यालयको संयुक्त लगानीमा वडा आसपासका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिकको सुरुवात गरिएको हो ।

क्लिनिक स्थापना सँगै स्थानीय कृष्णकुमारी कार्कीको स्वास्थ्य परीक्षण गरी सेवा प्रारम्भ गरिएको छ । वडा कार्यपालिका सदस्य भलाकाजी कार्कीका अनुसार यसअघि वडा कार्यालयमै स्वास्थ्य क्लिनिक नहुँदा स्थानीयवासी गार्मा स्वास्थ्य चौकी तथा जिल्ला अस्पताल फाप्लु धाउनुपर्ने बाध्यता थियो । क्लिनिक सञ्चालनमा आएसँगै उक्त समस्या अन्त्य हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

क्लिनिकको जिम्मेवारी स्मृति श्रेष्ठले सम्हाल्नुहुने भएको छ । क्लिनिकबाट परिवार नियोजन, सामान्य चोटपटकको उपचार, जेष्ठ नागरिक लक्षित सेवा लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिनेछ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले आफू निर्वाचित भएको तीन वर्ष पूरा भएसँगै विकासका आधारभूत कामलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । जनताको नजिकको सरकार वडा कार्यालय र स्थानीय सरकार भएकाले स्वास्थ्यजस्ता सेवामा विशेष जोड दिइएको उहाँको भनाइ थियो ।

साथै, भित्तखर्क क्षेत्रमा स्वास्थ्य सेवामा देखिएको असहजताका विषयमा गुनासो आएको उल्लेख गर्दै त्यसको समाधानका उपाय खोजिने पनि उहाँले जानकारी दिनुभयो । क्लिनिकबाट सामान्य सेवासँगै दीर्घ रोगीका लागि समेत औषधि उपलब्ध गराइने बताइएको छ । कार्यक्रममा उपस्थित राजनीतिककर्मी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूले वडा कार्यालयमै स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएकोमा प्रशंसा गर्दै गुणस्तरीय सेवामा निरन्तर ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

Previous Post

खोटाङ दिक्तेल-सन्सारी भुल्भूले सडक मर्मतमा लापरबाही, चिसोमै पिच: ६० लाखको काम गुणस्तरहीन भएको गुनासो

Next Post

उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु–कुहिरो कायमै

Related Posts

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
0
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
0
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
0
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

Discussion about this post

Everest Highlights

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

October 6, 2026
नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

October 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly