असोज २०, सोलुखुम्बु । नेपाल विद्यार्थी संघका तर्फबाट मोहनकृष्ण निरौला नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ । महाधिवेशन प्रतिनिधिको जिम्मेवारी प्राप्त गरेपछि निरौलाले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने पार्टी नेतृत्वप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको छ ।
उहाँले प्राप्त जिम्मेवारीलाई संगठन, लोकतन्त्र र पार्टीको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टी नेतृत्वले गरेको विश्वासलाई सम्मान गर्दै इमानदार र जिम्मेवार भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । निरौलाले विश्वास नै सबैभन्दा ठूलो शक्ति र पूँजी भएको उल्लेख गर्दै आफूले पाएको जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।











Discussion about this post