Tuesday, October 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा सहुलियतको चामल धमाधम बिक्री, ९१९ बोरा सकियो

Radio Everest by Radio Everest
October 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २०, सोलुखुम्बु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सोलुखुम्बुले दसैँ–तिहारलाई लक्षित गरी सञ्चालन गरेको सहुलियत मूल्यको चामल बिक्रीअन्तर्गत हालसम्म ९१९ बोरा चामल बिक्री गरेको छ । शाखा प्रमुख निमेश कुमार यादवका अनुसार वार्षिक वार्षिकोत्सवका अवसरमा गत साउन २८ गतेदेखि सहुलियत मूल्यमा चामल बिक्री सुरु गरिएको हो । शाखा कार्यालयका लागि तोकिएको एक हजार १४० बोरामध्ये असोज १९ गतेसम्म ९१९ बोरा बिक्री भएको हो ।

बिक्री भएकामध्ये स्टिम जिरा मसिनो चामल ४०४ बोरा, अरुवा सोना मन्सुली १८१ बोरा, फोर्टिफाइड स्टिम जिरा मसिनो ३१८ बोरा र फोर्टिफाइड अरुवा सोना मन्सुली १६ बोरा रहेका छन् । शाखामा अब २२१ बोरा चामल सहुलियत मूल्यमा बिक्री गर्न बाँकी रहेको यादवले बताउनुभयो । त्यसैगरी, कम्पनीको लुक्ला डिपोका लागि तोकिएको ३८० बोरा चामलसमेत सबै बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो । सहुलियत मूल्यमा प्रतिकिलो पाँच रुपियाँ अर्थात् प्रतिबोरा १२५ रुपियाँ छुट दिइएको छ । सहुलियतपछि स्टिम जिरा मसिनो चामल प्रतिकिलो दुई हजार १७५ रुपियाँमा तथा अरुवा सोना मन्सुली चामल एक हजार ४२५ रुपियाँमा बिक्री भइरहेको छ ।

शाखा प्रमुख यादवका अनुसार हाल गोदाममा रहेको चामलले दसैँसम्मको माग धान्न सक्ने अवस्था छ । बाँकी २२१ बोरा चामल पनि एक–दुई दिनभित्र बिक्री हुने अनुमान गरिएको छ । त्यसपछि माथिल्लो निकायबाट थप सहुलियत बिक्रीका लागि निर्देशन आएमा पुनः चामल ल्याएर बिक्री गरिने उहाँले बताउनुभयो । सहुलियतको चामल खरिद गर्न छुट्टै कागजात आवश्यक नपर्ने र सर्वसाधारणले बढीमा पाँच बोरासम्म खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

चामलको दुरुपयोग तथा बिचौलियामार्फत बिक्री हुन नदिन ग्राहकको विवरण नम्बरमार्फत जाँच गर्ने व्यवस्था गरिएको शाखा प्रमुख यादवले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले वर्षभरि नै नियमित रूपमा चामल बिक्री गर्ने भएकाले हालको सहुलियतको कोटा सकिए पनि आवश्यकताअनुसार थप चामल ल्याएर बिक्री गरिनेछ ।

Previous Post

कांग्रेस महाधिवेशन : बन्दसत्रमा प्रतिवेदनमाथि छलफल, आजदेखि निर्वाचन प्रक्रिया

Next Post

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

Related Posts

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
0
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १९ दिनदेखि ठप्प

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १९ दिनदेखि ठप्प

सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १९ दिनदेखि ठप्प

October 6, 2026
नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

October 6, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly