Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङ दिक्तेल-सन्सारी भुल्भूले सडक मर्मतमा लापरबाही, चिसोमै पिच: ६० लाखको काम गुणस्तरहीन भएको गुनासो

Radio Everest by Radio Everest
December 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ ।  मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–दिखुवा खोला हुँदै सन्सारी भुल्भूलेसम्मको सडक मर्मतसम्भार (टालटुल) कार्यमा गम्भीर लापरबाही भएको खुलेको छ । पिके निर्माण सेवा कटारीले बिना भ्याट ५१ लाख ५८ हजार रुपैयाँको बजेटमा गरेको सडक मर्मत कार्य सम्झौताअनुसार नभई हतार–हतार र चिसो मौसममै गरिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । २०८२ असोज २९ गतेको ठेक्का सम्झौताअनुसार तीन महिनाभित्र सम्पन्न हुनुपर्ने काम मंसिर १५ गतेदेखि पुस २५ गतेभित्र सक्ने गरी तीव्रता दिइएको थियो । तर काम सुरु भएदेखि नै निर्माण सामग्रीको गुणस्तर, तापक्रमको मापदण्ड र रोलिङ प्रक्रियामा प्रश्न उठ्दै आएको छ । मापदण्डअनुसार प्रीमिक्स पिच गर्दा कम्तीमा १८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने भए पनि बिहान र बेलुकाको समयमा तापक्रम शून्य डिग्री नजिक झर्ने अवस्थामै पिच गरिएको स्थानीयको आरोप छ । चिसो मौसममा गरिएको पिच टिकाउ नहुने भन्दै सर्वसाधारण चिन्तित छन् ।
यस्तै, सम्झौताअनुसार २६ एमएमको तह राखी राम्रोसँग रोलिङ गर्नुपर्नेमा काम अपूरो र कमजोर देखिएको स्थानीयको भनाइ छ । रोलिङपछि २० एमएम हुनुपर्ने मापदण्डसमेत पूरा नभएको दाबी गरिएको छ । कतिपय स्थानमा सडक सतह चाँडै फुट्ने संकेत देखिन थालेको र काम सम्पन्न भएका ठाउँमा हातले कोट्याउँदा नै पिच उखेलिने अवस्था देखिएको भन्दै स्थानीयले आवाज उठाएका छन् ।

यस विषयमा निर्माण कम्पनी पिके निर्माण सेवा कटारीका सञ्चालक केदार कोइरालाले सम्बन्धित कार्यालयको निगरानीमै काम भएको र सडक मर्मत सम्झौताअनुसार नै गरिएको दाबी गरेका छन् । यता सडक डिभिजन कार्यालय हर्कपुरका सब–इन्जिनियर तर्जुमा आचार्यले काममा कुनै कमजोरी नभएको, गुणस्तर र परिमाण दुवै सम्झौताअनुसार नै रहेको तथा कार्यालयले नियमित निगरानी गरिरहेको बताएका छन् । तर स्थानीयवासी भने कागजमा मात्र निगरानी देखाएर वास्तविक अवस्थालाई बेवास्ता गरिएको आरोप लगाउँछन् । चिसो मौसममा गरिएको पिच कति दिन टिक्छ भन्ने कुरा समयमै देखिने उनीहरूको भनाइ छ । जनगुनासो बढ्दै जाँदा पनि सम्बन्धित निकाय मौन देखिनुले करिब ६० लाख रुपैयाँको सडक मर्मत वास्तवमै जनताको हितका लागि हो कि केवल औपचारिकता पूरा गर्न मात्र गरिएको हो भन्ने गम्भीर प्रश्न उठेको छ ।

Previous Post

रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति

Next Post

सोलु गार्माका वडा अध्यक्षको कार्यकक्षमै स्वास्थ्य क्लिनिक : नेपालमै पहिलो अभ्यास

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly